राजनीति

कांग्रेसद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारसँग जवाफ माग



काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख एक हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको बताए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने बताइएको विषयमा सरकारको ध्यानाकर्षण गराए । तीमध्ये १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको उनले उल्लेख गरे ।