राजनीति

सांसद शाहीद्वारा अज्ञात रोग पहिचान र निराकरण गर्न माग



काठमाडौँ, ३१ जेठ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमा गाउँपालिका लगायतका स्थानमा अज्ञात रोगबाट सयौँ भेडाबाख्रा मरेको भन्दै रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले किसानले पालेका भेडाबाख्रा मरेपछि हजारौँ किसानहरू मारमा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘यो रोग यदि अझै फैलियो भने जुम्ला आसपासका हजारौँ किसान घरबारविहीन हुनेछन् । रोग छिटो पत्ता लगाउन र निराकरण गर्न पहल गरियोस्’, शाहीको माग छ ।