काठमाडौँ, ३१ जेठ । न्याय परिषद् बैठक बिहीबारका लागि आह्वान भएको छ ।
आज अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा तय गरिएको छ ।
परिषद् सचिवालयले आजको बैठकमा सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सकेसम्म आजै सिफारिस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्