राजनीति

महामन्त्री शर्माद्वारा जोखिम न्यूनीकरण ऐन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन् ।  वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उनले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरूको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।