राजनीति

मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : अध्यक्ष नेपाल



काठमाडौँ, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । 

आज संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए । 

अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचिका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।