समाचार

आजको मौसम



काठमाडौँ, ३२ जेठ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । 

विभागका अनुसार देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । 

आज बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा  छ । 

कोसी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेस प्रदेशसहित देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

त्यस्तै आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कासी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।