समाचार

तमोर नदीमा जलसतह सतर्कता तहभन्दा माथि



काठमाडौँ, ३२ जेठ । पूर्वी नेपालका केही भू–भागमा लगातार वर्षा हुँदा नदी तथा खोलामा जलसतह बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको छ । 

जल सतह बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।