राजनीति

सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौँ, ३२ जेठ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

नले भने, ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।