समाचार

खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौँ, ३२ जेठ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् ।

आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।