राजनीति

एमालेको संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १ असार । नेकपा एमालेले संसदीय दलको बैठक आज बोलाएको छ ।

बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने छ । संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ ।

बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको हो ।