Banner News

रास्वपालाई संगठन आवश्यक महसुस भयो : डा. स्वर्णिम वाग्ले



काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले संगठन आवश्यक भएको महसुस गरेको बताएका छन् ।

आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पुरानो पार्टीको भद्धा नक्कल नगर्ने बताए । 

उनले भने, “संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको इलामको निर्वाचनको मौन अवधिमा हो । त्यो समय जुन किसिमले अफवाह फैलाइए, त्यसलाई चिर्न टोलटोलमा साथीहरू भएनन्,” “मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न मिल्दैन । त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ता नै चाहिन्थ्यो ।”