समाचार

डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७५ पुग्यो



काठमाडौँ, २ असार । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७५ जना पुगेका छन् ।  

इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो ।  

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ ।