समाचार

जीप दुर्घटना हुँदा ९ जना घाइते



काठमाडौँ, २ असार । पाल्पाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज निस्दी गाउँपालिका स्थित झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते  ९ जना घाइते भएको हो ।  

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ । रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।