समाचार

काठमाडौँमा अब हरेक शनिबार हाटबजार !



काठमाडौँ, २ असार । तनहुँको भानु नगरपालिकाले नगरमा उत्पादित रैथाने बालीलाई बिक्री वितरणका लागि सोझै काठमाडौँ पठाउने भएको छ ।

नगरभित्रका किसानले उत्पादन गरेका अर्ग्यानिक खाद्य सामग्रीलाई काठमाडौँमा ल्याएर बिक्री वितरण गर्न नगरपालिका र रैथाने एग्रीप्रोडक्ट नामक संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनसार भानु नगरपालिकामा उत्पादित बालीको बिक्रीका लागि संस्थाले सहजीकरण गर्ने नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । काठमाडौँमा शनिबारबाटै हाट सुरू भइसकेको नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।

‘हिजो दरबारमार्गमा भानुको हाटबजार लाग्यो । त्यहाँ अन्य जिल्लाका रैथाने उत्पादनहरू पनि ल्याइएको रहेछ । त्यहाँ सफल भएपछि अन्य स्थानहरूमा पनि हाटबजार सञ्चालन गर्छौं,’ उनले भने ।