काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ ।
समितिका संयोजक सूर्य थापाका अनुसार आज बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात सहकारी बचत रकम अपचलनको बारेमा कसरी छानबिन गर्ने भन्ने कार्यविधि पारित भएको हो ।
कार्यविधि जुन सु्झावसहित पारित भएको छ । त्यसलाई अन्तिम रुप दिने र प्रमाणिकरण गर्ने कार्यसँगै समितिले औपचारिक रुपमा अगाडि बढाउन बाटो तयार भएको छ । उनले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्