समाचार

पहिरोले मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध



काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।     

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको छ ।