काठमाडौँ, ३ असार । म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ ।
बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार खेल मैदान परिसरमा रहेको बेनी भगवती मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्डअनुसारको बनाइएको हो । एघार/एघार जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटरपछि सारेर खेल मैदानको लम्बाइ सय मिटर बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्