समाचार

६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, ३ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् । काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । 

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।