समाचार

६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, ३ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङलाई काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगदसहित बरामद गरेको हो ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको हो ।