राजनीति

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको मुद्दा न्यायाधीशद्वय शर्माको इजलासमा



काठमाडौँ, ४ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बनको माग गरिएको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोेजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा परेको छ ।

सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।