समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, ४ असार । धनकुटामा १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । 

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।