राजनीति

कांग्रेसले सूर्यविनायकका मेयरलाई बुझाएको ध्यानाकर्षणपत्रमा के –के छ ?



भक्तपुर,४ असार । नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरले सूर्यविनायक नगरपालिकालाई मंगलबार गम्भीर ध्यानाकर्षणपत्र बुझाएको छ ।

पार्टी नगर अध्यक्ष निशान ढुंगेलले नगर प्रमुख बासुदेव थापालाई १४ बँुंदै ध्यानाकर्षणपत्र बुझाएका हुन् । नगरपालिका कार्यालय कटुञ्जेमा ध्यानाकर्षणपत्र बुझाएर आएपछि नगर पार्टी कार्यालय कटुञ्जेमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको थियो ।
ध्यानकर्षणपत्र

श्रीमान नगरप्रमुख ज्यु,
सुर्यविनायक नगरपालिका कार्यालय
कटुन्जे, भक्तपुर ।

विषय गम्भीर ध्यानाकर्षण पत्र ।
उपरोक्त विषयमा २०८९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन बाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत सम्पुर्ण निर्वाचित जनप्रतिनिधि ज्यु हरुलाई आफ्नो कार्यकालको दुई वष पुरा गर्नु भएकोमा नेपाली कांग्रेस सुर्यविनायक नगर कार्यसमिति हार्दिक बधाई ज्ञापन गर्दै बाँकी कार्यकालको सफलताको कामना गर्दछु ।
हामीले हाम्रो नगर कस्तो बनाउने भन्ने कुरा हाम्रो विकास नीति, राजनैतिक दलहरुसँगको सहकार्य, उपलब्ध साधनस्रोतको उच्चतम परिचालन, ब्यापक जनसहभागिता आदि जस्ता कुराहरुमा नीर्भर रहन्छ । नेपाली कांग्रेस सुर्यविनायक नगरकार्यसमितिले नगरपालिकाले गरेका कार्यहरु र लिएका नीतिहरुप्रति मिहिन ढंगले विश्लेषण गरिरहेको छ । हामी विकासका प्राथमिकता स्रोतको प्रभावकारी परिचालन तथा सु–साशनका सम्बन्धमा सधै नगरपालिका गम्भीर बनोस भन्ने चाहन्छौ । जन अपेक्षा र जनसरोकारका महत्व्पुर्ण विषयमा नगरपालिकाले अझै पर्याप्त ध्यान पुग्न सकेको छैन । त्यसका प्रति सचेत गराउँदै विगतमा हामिले दिएका राय–सल्लाह –सुझावका आधारमा नगर पालिकाबाट भएका राम्रा कामहरुको प्रशंसा समेत गर्दछौं ।

  यसै  सन्दर्भमा नगरपालिकाबाट भएका–भु–बर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था, निःशुल्क शववहान सेवा, हनुमन्ते करिडोरमा नक्शा पासको व्यवस्था नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लौकुरी भञ्याङ्ग देखि साँगा सम्म पर्यटन मार्ग घोषण, मेलम्चीको पानीलाई सु।न।पा।का थप वडाहरुमा उपलब्ध गराउने प्रयास प्रशंसनीय छ ।

  सुर्यविनायक नगर कार्यसमितिले विगतमा पनि नगरपालिकाको नीति तथा कार्यक्रम एवं बजेट निर्माणका चरणमा जनसरोकारका विभिन्न पक्ष समेट्नका लागि बुँदागत रुपमा ध्यानाकर्षण र स्मरण पत्र प्रस्तुत गरेका थियौ तर हाम्रा पुरा नभएका ती बुँदाहरुप्रति पुनः गम्भीर ध्यानाकर्षण गराउँदै आ।व।२०८१।०८२ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि हाम्रो दृष्टिकोण पेश गरेका छौं ।

हाम्रा दृष्टिकोणहरु ः

१० शिक्षा ः
– नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री रुपमा विकास गरियोस् ।
– सबै विद्यालयहरुमा प्रविधियुक्त शिक्षण विधि लागु गरियोस् ।
– व्यावसायिक तथा प्राविधिक शिक्षा व्यवहारमा उतारियोस् ।
– स्थानिय कला, संस्कृति, सीप, नैतिक शिक्षा, व्यवहारिक ज्ञान सहितको विषयगत पाठ्यक्रम लागु गरियोस् ।
– संस्थागत विद्यालयहरुलाई लगानीमैत्री वातावरण सृजना गर्दै व्यवस्थित गरियोस् ।
– संस्थागत विद्यालयबाट नगरपालिकालाई उपलब्ध–गराउने छात्रवृत्तिलाई कडाइकासाथ लागु गरियोस र सो कार्यलाई पारदर्शी बनाइयोस् ।
– शिक्षकहरुको सरुवा, बढुवा तथा सेवा सुविधा–प्रदान गर्ने कार्यमा कुनै राजनैतिक पुर्वाग्रह नराखियोस् ।
२० स्वास्थ्य ः
– प्रत्येक वडामा न्युनतम पनि स्तरीय प्रयोगशाला सहित पाँच बेडको अस्पताल संचालन ल्याई नगर अस्पतालको चापभार कम गर्ने प्रवन्ध गरियोस् ।
– नगरका आवश्यक स्थानहरुमा सार्वजनिक सौचालय निर्माण गरियोस् ।
– नगरको फोहोर व्यवस्थापनलाई व्यवस्थित गरियोस् । महंगो फोहोर व्यवस्थापन शुल्क तत्काल घटाइयोस ।
– सुर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरियोस् ।
– यस नगरपालिकाले स्वास्थ्य बिमा गर्दा रु। १०००।– को प्रत्येक विमामा सहयोग गरिदिएको परिपक्षेमा यो कार्यलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्थापन गर्ने ।
३० स्वच्छ पिउने पानी÷ढल निकास ः
– खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गरियोस् ।
– नगरक्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मुल्याङ्कन गर्ने पद्दती बसालियोस्
– ढल व्यवस्थापन गर्न सकिने स्थानहरुमा ढलको प्रवन्ध गरियोस् ।
– सुर्यविनायक न।पा। भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन सु।न।पा।वडा नं। ८ सिपाडोल स्थित आशापुरी लगायत क्षेत्रको मूलको पानी संकलन गरी सुर्यविनायक नगरवासीहरुमा यथासम्भव पानी वितरणको व्यवस्थापन गर्ने ।
४० पर्यटन
– नगरको समृद्धि र दिर्घकालिन निरन्तर आयस्रोतको सम्भावना बाकेको पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवं आवश्यक पुर्वाधार निर्माण गरियोस । लाकुरी भञ्ज्याङ् देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्याय पर्यटन ९भ्अय९त्यगचष्कm० क्षेत्रको रुपमा विकास गर्न न्युनतम पुर्वाधार विकास सहित नीजि क्षेत्रको सहभाचितामा विभिन्न स्थानहरुमा योग, ध्यान, रिक्रियशन सेन्टरको रुपमा विकास गरियोस् ।
– सु।न।पा।४ मा निर्मित ख्ष्भध त्यधभच को सही सदुपयोग गर्न त्यस्ता स्थानहरुलाई नीजि क्षेत्र आकर्षित हुने गरी दीर्घकालिन लिज ९ीयलन तभचm ीभबकभ० पद्दतीमा जान आवश्यक निति निर्माण होस् ।
– स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दीर, बाजागाजा संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिइयोस् ।
– आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यटन सुचना केन्द्र, म्ष्नष्तब िष्लायचmबतष्यल क्थकतझ प्रारम्भ गरियोस् ।
– समय समयमा नगरभित्र मेला, महोत्सव, भ्रमण वर्ष, खाना महोत्सव स्थानीय कला संस्कृति प्रदर्शनी जस्ता गतिविधि मार्फत पर्यटक आकर्षित गरियोस् ।
५० कृषि ः
– कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरणका लागि नगरपालिकाले प्रभावकारी कृषि नीति लागु गरियोस् । जस अन्तर्गत किसानहरुका लागि समयमै मलको उपलब्धता उन्नत जातका बीउ बितरणको प्रवन्ध बाली बीमामा अनुदानको व्यवस्था गरियोस् ।
– नगदेवाली, पुष्पखेती, पशुपंक्षी पालन गरिरहेका किसानहरुका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम ल्याइयोस् ।
– कौशी खेतीलाई प्रोत्साहन तथा हाइडा«ेपोनिक कृषि ९ज्थअचियउयलष्अ ाबचmष्लन० ९पानीको सहयोगले पाइपमा तरकारी उत्पादन गर्ने विधि० प्रयोगको प्रारम्भ गरियोस् ।
– कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको लागि पहल गरियो् ।
– कृषि बजारीकरणका लागि नगरपालिकाको कम्तीमा दुई स्थानमा कृषि वस्तु बेच बिखन गर्न कृषि चोक बजारको निर्माण प्रारम्भ गरियोस् ।
६० उद्योग व्यापार र अर्थतन्त्र ः
– नगर क्षेत्रभित्र व्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु पहिचान गरी सबैलाई नगरपालिका दर्ता अभियान संचालन गरियोस् ।
– प्रस्तावित नगर औद्योगिक ग्रामको यथाशिघ्र निर्माण तथा संचालन गरियोस् ।
– क्तबचत–गउ द्यगकष्लभकक ९नवप्रवर्तन० गर्न चाहने युवाहरु लाई आवश्यक तालिम सहित परियोजनाका आधारमा सहुलियतपुर्ण ऋण प्रदान गरियोस
– नगरक्षेत्रभित्र उद्यम व्यवसाय गरी नियमित राजश्व तिनै उत्कृष्ठ करदाता तथा उत्कृष्ठ रोजगारदाताहरुलाई वार्षिक रुपमा सम्मान गरियोस् ।
७० पुर्वाधार विकास ः
– नगर क्षेत्रभित्र निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, पुलेसा, विद्युत , खानेपानी लगायतका पुर्वाधारका कामहरु अविलम्बन सम्पन्न गरियोस ।
– नगरको वडा नंं। १ र ४ मा पर्ने चरखण्डी खोला लगायत अन्य खोला तथा खोल्सीहरुको उचित मापदण्ड कायम गरी करिडोेर निर्माण गरियोस् ।
– नगरको शहरी, भौतिक, पर्यटकीय, कृषी, औद्योगिक क्षेत्रको एकीकृत पुर्वाधार योजना अन्तर्गत विकास गरियोस् ।
– यस नगरका सम्पूर्ण वडाहरुलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्न प्रबन्ध मिलाइयोस् ।
८० सहरीकरण ः
– नीजि क्षेत्रले जग्गा प्लटिङ् गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गरियोस् ।
– सार्वजनिक जग्गा संरक्षण योजना तयार गरियोस ।
– हनुमन्ते लगायत सबै नदी किनारहरुमा जग्गा नक्सा पास गर्दा न्यायपुर्ण मापदण्ड निर्धारण गरियोस् ।

९० वातावरण संरक्षण ः
– नगर क्षेत्रभित्र रहेका सामुदायिक वन निजि वन र धार्मिक वन को संरक्षणका लागि जनचेतना, सतर्कता तथा डढेलो नियन्त्रणका लागि पुर्व तयारी योजना बनाइयोस् ।
– नगरक्षेत्रका पानीका मुहानहरुको संरक्षण गरियोस् ।
– राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गरियोस् ।
– गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व प्रदर्शन गरोस् ।
१०० सु–साशन र पारदर्शिता ः
– नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री होस् ।
– उपभोक्ता समिति गठनको सम्बन्धमा ब्यापक जनगुनासो रहेकोले सरोकारवाला समुह सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको ब्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति बनाइयोस् ।
– नगरपालिकाद्धारा प्रदान गरिएको सेवा सुविधा र जनसरोकारका विषयमा समय–समयमा सार्वजनिक सुनुवाई गरियोस् ।
– अनुगमन तथा मुल्याङ्कन पद्दती बैज्ञानिक होस् ।
११० कर तथा राजस्व प्रशासन ः
– कर, करले होइन रहरले तिर्ने मैत्रीपुर्ण कर प्रसाशन नीति लागु गरियोस । करका दर होइन दायरा बढाइयोस् ।
– हाल नगरपालिकाले लगाउदै आएका केही क्षेत्रका करका दरहरु छिमेकी अन्य नगर पालिकाको तुलनामा बढी देखिएको हुदा अन्य सँग मेल खाने गरी पुनविचार गरियोस् ।
१२० नगर गौरव÷वडा गौरव योजना ः
– आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजिवि, योजनावृद, समाजसेवी, सम्पुर्ण राजनैतिक दलको व्यापक सहभागितामा बडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गरियोस् ।
१३० सहकारी ः
– राष्ट्रिय रुपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्ययोजना सहितको अनुगमन निरिक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रवन्ध गर्ने ।
– सहकारी सिद्धान्त मर्म र भावना विपरित कार्य गरिने सहकारीहरुलाई कारबाही गरियोस् ।
– बचतकर्ताले अत्यन्त मिहिनेत÷परिश्रम गरी आफ्नो उपयोगलाई समेत कटौटी गरी जम्मा गरेकोे बचत सञ्चालकहरुको दुर्नियतका कारण बचतकर्ताले फिर्ता पाउन सकेका छ्रैनन् । त्यस्ता केही संकतग्रस्ट सहकारीहरुबाट बचतकर्ताको बचत फिर्ता गर्न विशेष ध्यान दिइयोस् ।
१४० विविध ः
– नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दीगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिइयोस् ।
– विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्युनतम क्षतिको नीति अबलम्बन गरियोस् ।
– जनप्रतिनिधि जनताका सेवक हुन साशक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतारियोस् ।
– अपाङ्ग वालवालिका, एकल महिला, विपन्न वर्ग समुदाय लगायत उत्थान गर्नको लागि कार्य योजना सहित आवश्यक व्यवस्थापन गर्ने ।
सहयोगको अपेक्षा सहित धन्यवाद, जयनेपाल १
निशान ढुंगेल
सभापति