राजनीति

बागमती प्रदेशसभा बैठक बस्दै



मकवानपुर, ६ असार । बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।

बिहीबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१-०८२ बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।