Banner News

मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने



काठमाडौँ, ६ असार ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताए ।

त्यहाँका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, “जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।” त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको भए पनि आफूहरु कोसिसमा रहेको लामिछानेको भनाइ थियो ।