काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् ।
आज कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भण्डारी जस्तै सक्षम बन्न सुझाव दिएका हुन् ।
देउवाले भने, ‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ । नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’, ।
प्रतिक्रिया दिनुहोस्