समाचार

श्री एयरलाइन्सले गर्‍यो काठमाडौँ-भरतपुर परीक्षण उडान



काठमाडौँ, ६ असार । श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान सफल भएको छ ।

आज बिहान काठमाडौँबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाडौँबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको गो ।

उडान परीक्षणका क्रममा कुनै समस्या नभएको जनाएको छ  । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ ।

उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्री एयरलाइन्सले जनाएको छ । अहिले काठमाडौँ भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ ।