राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । 

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताईएको छ ।