Banner News

भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ : गृहमन्त्री लामिछाने



काठमाडौँ, ७ असार । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् ।

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले गन्तव्यमा स्पष्ट रहेको उल्लेख गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्,  “…बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ…,” ।

वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरू अघि बढ्ने उनले बताएका छन् ।