समाचार

सुनसहित विमानस्थलबाट ३ जना पक्राउ



काठमाडौँ, ७ असार । भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङलाई पक्राउ गरेको हो ।

कतारबाट काठमाडौँ आएका मोहम्मद दिलसाद खाँको साथबाट ९ लाख ९९ हजार मूल्य पर्ने भन्सार छलीको सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । परियार र गुरुङ सुन सङ्कलन गर्न जाँदा पक्राउ परेका हुन् । उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।