Banner News

शान्ति प्रक्रियाका काम चाँडै टुङ्गोमा पुराउनुपर्छ : मन्त्री श्रेष्ठ



काठमाडौँ, ८ असार । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढिराखेको बताए । 

उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’