राजनीति

संसद्का कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्छ : ओली



काठमाडौँ, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताए । 

सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।