राजनीति

संसद् सचिवालयका कर्मचारीको माग पूरा गर्न आग्रह



काठमाडौँ, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संघीय संसद् सचिवालयका कर्मचारीको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै अन्याय गर्न नहुने बता इन् । उनले कर्मचारीका माग पूरा गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराइन् ।