समाचार

सप्तकोसीको चतारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र त्यसआसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ । धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काइ र अमरमनीविर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको छ । 

उक्त क्षेत्र आसपास भइ बहने बिरिङ खोला र निन्दा खोलामा जलसतह बढेको छ । थप वर्षा हुने सम्भावना रहेकाले बिरिङ खोला, निन्दा खोला, चिन्स्याङ खोला, स्यौती खोला र अन्य स–साना खोलाहरूमा जलसतह केही बढ्नसक्ने विभागले जनाएको छ । 

त्यसैले तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह छ ।