राजनीति

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप



काठमाडौँ, ११ असार । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।