समाचार

बाढीले एकै परिवारका चारजना बगायो



काठमाडौँ, १२ असार । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जनाएको छ । 

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको हो । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता   भएका छन् । बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।