समाचार

पहिरोले ३ घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता



काठमाडौँ, १२ असार । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

आज बिहान पौने ५ बजे पहिरो गएको हो । पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।