समाचार

झापामा हात्ती मृत फेला



काठमाडौँ, १३ असार । झापाको मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाईएको झापाका प्रहरीले जनाएको छ ।