काठमाडौँ, १५ असार । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
प्रहरीका अनुसार बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गए राति पहिरोमा पुरिएका हुन् । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्