Banner News

कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक छ : युवराज ज्ञवाली



काठमाडौँ, १५ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका हुन् । 

देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउँदै उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएको स्पष्ट पारे ।  

उनले भने, ‘यहाँहरुले जुन प्रस्ताव राख्नुभएको छ, कम्युनिष्ट एकताको लागि त्यो धेरै महत्वपूर्ण छ । कम्युनिष्टहरुको बीचमा एकता गर्नुपर्छ । एकतावद्ध नभइकन हुँदैन । कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि  प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ ।’