समाचार

जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते



काठमाडौँ, १७ असार । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।

उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।