समाचार

१२ जना जुवाडे पक्राउ



काठमाडौँ, १७ असार । झापाबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुब्बाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।