राजनीति

टीआरसी टुंग्याउन सहजीकरण संयन्त्र



काठमाडौँ, १८ असार ।  लामो समयदेखि थाती रहेका सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउन प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा उक्त संयन्त्रमा रहनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत बिहीबार संयन्त्र बनाउनेबारे सैद्धान्तिक सहमति भएको थियो । उक्त सहमतिअनुसार आइतबार सहजीकरण गर्ने संयन्त्रमा बस्ने व्यक्तिहरूको नाम टुंगो लागेको हो ।

एमाले, माओवादीको सहकार्य सुरु भएपछि टीआरसीमा एमाले लचिलो देखिए पनि कांग्रेसले चासो नदेखाएका कारण संसद्मा थन्किएको छ ।