Banner News

बालुवाटार पुगे अध्यक्ष ओली



काठमाडौँ, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।

नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।