काठमाण्डौ, २० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व चयन सर्वसम्मत हुने बताएका छन् ।
बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँगको छलफलपछि अध्यक्ष नेपालले सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् । नेकपा एसको जारी महाधिवेशनमा अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालले दाबी गरिरहेका छन् ।
अध्यक्ष नेपालले वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको बताए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,’ उनले भने ।
अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए ।
प्रतिक्रिया दिनुहोस्