राजनीति

बाल कल्याण गृहलाई खाद्यान्न सहयोग



संखुवासभा, २२ असार । राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हिल जोन्सोन राईले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार बाल कल्याण गृहलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

मकालु त्रीशक्ती समूह (माट्स नेपाल्द्वा)रा संचालित बाल कल्याण गृह खादबारीलाई अध्यक्ष राईले खाद्यान्न तथा स्टेशनरी प्रदान गर्नुभयो । एक कार्यक्रमबीच सस्थाका संरक्षक ध्रुब खड्का र धाईआमा कोपिला राईलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । बाल गृहलाई खाद्यान्य तथा स्टेशनरी तथा फलफुल हस्तान्तरण गर्दै फलुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा सहयोग गर्नु नै मानवीय धर्म रहेको उल्लेख गर्नुभयो । युवाहरु सडक आन्दोलनको अगुवाई गर्ने मात्र नभई सामाजिक रुपान्तरणको मेरुदण्डको रुपमा रहनको लागि सवैले एक ढिक्का भई समृद्ध समाज निर्माण लाग्नको लागि प्रेरणाको श्रोत बन्नुर्नेमा जोड दिनुभयो ।

अध्यक्ष जोन्सोनले असाहय तथा वृद्धावस्थाका नागरीकलाई खाद्यान्न र फलफुलसमेत बितरण गर्नुभयो । कार्यक्रममा बाल संगठन उपाध्यक्ष सुबोध खतिवडा, संघका जिल्ला नेता माधव बस्नेत र राजेश तामाङ्ग लगायतको उपस्थित रहेको थियो ।