समाचार

भोटेकोसीको ढलानमा पुरिएका मजदुरको शव फेला



काठमाडौँ, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ ।

गएराति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् ।  आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु छन् । 

उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका थिए ।