राजनीति

रास्वपा संसदीय दलको बैठक आह्वान



काठमाडौँ, २२ असार । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ ।

आइतबार (भोलि) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने छ । समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल गरिने बताईएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता एमाले, जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।