राजनीति

बेचन झाहरूले तपाईंहरूलाई चैन दिने छैनन्ःसन्तोष परियार



काठमाडौ २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले‘ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भएको वताए ।

एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको परियारले दाबी गरे ।

‘सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल भएको छ । म अनुरोध गर्न चाहत्छु – बेचन झाहरूको त्यो फाइल अगाडि बढाइयोस् । स्मरण गर्न चाहन्छु– बेचन झाहरूले तपाईंहरूलाई चैन दिने छैनन् उनले भने ।