समाचार

एक युवकको हत्या, तीन जना पक्राउ



काठमाडौँ, २५ असार । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । 

कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको उपचार भईरहेको छ ।