राजनीति

एमाले सचिवालय बैठक स्थगित



काठमाडौँ, २५ असार । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । 

एमाले प्रचार विभाग सदस्य गगन विष्टका अनुसार आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान  ११.०० बस्ने गरी बैठक स्थगित भएको हो । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।